रौशन चौधरी । रौतहट साउन २० गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा बुधवार एक कार्यक्रमका बीच भवलेटर, डि फ्रिज मोटर र स्प्रे ट्याङ्की विरतण गरिएको छ । नगर प्रमुख गोपाल राय यादव द्वारा फतुवा विजयपुर नगरपालिकाको बिभिन्न वडामा रहेका ७ वटा समूहलाई एक समारोहका बिच मोटर ६ वटा स्प्रे ट्यांकी ५५ वटा डि फ्रीज १ वटा विरतण गरिएको छ । गरिबी निवारण का लागि लघुउध्म बिकास कार्यक्रम ( मेडपा ) आन्तर्गत फतुवा विजयपुर नगर पालिकाकोमा पुरानो उधमी र कृषि पेशामा लागेको व्यक्तिहरुलाई आकर्षण गर्नको लागि उधोग मनत्रालय बाट प्राप्त भएको स्प्रे ट्यांकी,मोटर, डि फ्रीज,लगाएतको सामाग्रीहरु फतुवा विजयपुर नगरपालिकाको बिभिन्न वडामा संचालनमा रहेको ७ वटा समूहलाई वितरण गरिएको लघु उधम बिकाश कार्यक्रम संयोजक हंसलाल यादवले बताउनु भएको छ । बुधवार फतुवा विजयपुर नगरपालिको प्राङगणमा नगर प्रमुख गोपाल राय यादवको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी भप्लेतर,डी फ्रीज,मोटर र स्प्रें टङकि विरतण गरिएको छ । कार्यक्रममा वाड न १० को वाड अध्यक्ष मनोज चौधरी ,फतुवा विजयपुर नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र साह लगाएतको सहभागिता रहेको थियो ।