आरके श्रीवास्तव । रौतहट । साउन २१ गते ।
रौतहट जिल्ला मध्य भाग गरूडामा नयाँ हस्पिटलको उदघाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच गरूडा नगरपालिकाका नगरप्रमुख ईन्नु राय यादवले समुदघाटन गर्नु भएको थियो । गरूडा नगरपालिकाको वडा नम्बर ८ स्थित सो प्राईवेट अस्पतालको उदघाटन गरिएको हो । ईलाका प्रहरी कार्यालय गरूडाको छेउमा गरूडा जिंगडियाको बिचमा पश्चिम पटि गरूडा सिटि हस्पिटल प्रा.लि. नामक अस्पताल आज खुलेको हो । १५ बेडको संचालनमा आएको सो अस्पतालमा दक्ष चिकित्सक द्वारा सुविधा दिईने हस्पिटलका डाक्टर धर्मेन्द्र पटेलले जानकारी गराउनु भयो । गरूडा नगरपालिकामा दक्ष चिकित्सक सहितको निजी लगानीमा गरूडा मेट्रो सिटि हस्पिटल सञ्चालनमा आएको छ । यस अस्पतालले गरूडाका साथै छिमेकी जिल्लाका सेवाग्राहीहरूको समेत मन जित्ने गरी काम गर्ने अस्पतालका संञ्चालक विवेक जयसवालले जानकारी गराउनु भयो । सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिनु नै हाम्रो चाहना भएको संचालक जयसवालले बताए । जयसवालले नाफामुखीभन्दा पनि सेवामुखी भएर सेवा दिइने बताए । अस्पताल १५ शय्याबाट शुरू गरिएको सो अस्पतालका सञ्चालक जयसवालले बताएका छन। कार्यक्रममा नगरप्रमुख यादव सँगै ईटा ईटा व्यवसायी संघ रौतहटका अध्यक्ष रामबिनोद जयसवाल,स्थानीय राजनीतिक दल, समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।