राजिव शाह सर्लाही,श्रावण २२ गते ।
नेपाल–भारत सीमा नजिकै रहेको सर्लाहीको ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ त्रिभुवन नगरमा प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । प्रहरी चौकी भवनको प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआजी उमेश रन्जितकारले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् बेलायती संस्था डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआइडी) को आर्थिक सहयोग, युनाइटेड अफिस फर प्रोजेक्ट सर्भिस काठमाडौँ (युएनओपीएस) अन्तर्गत मोर्डनाइजेसन एण्ड इमप्रुभ्मेन्ट अफ पुलिस प्रोजेक्ट (एमआइपीपी) को आयोजनामा भवनको निर्माण गरिएको हो । २ करोड ३५ लाखको लागतमा अढाइ तले भवन निर्माण गरिएको छ । भनव उद्घाटन कार्यक्रममा डिआजी रन्जितकारले न्युन स्रोत साधनमा उच्च मनोबलका साथ नेपाल प्रहरीले कार्य गर्दै आएको बताएका छन् । सीमा क्षेत्रमा अपराध, चोरी निकासी बढी हुने गरेकोले थप जिम्मेबार भइ काम गर्न निर्देशन समेत दिएका छन् । २ वर्ष लगाएर निर्माण गरिएको प्रहरी चौकीको नयाँ भवन भए पछि सेवा प्रवाहमा सजिलो हुने भएको छ । २ करोड ३५ लाखको लागतमा अढाइ तले भवन निर्माण गरिएको छ ।