पवन प्रसाद साह वीरगंज साउन २३ गते ।
नेपालको एक मात्र भोजपुरी भाषामा वीरगंजबाट प्रकाशिकत भोजपुरी टाईम्स दैनिक पत्रिका सातौं बर्ष पुरा गरी आठौं बर्षमा प्रबेश गरेको छ । आठौं बर्षमा प्रबेश गरेको अवसरमा पत्रिकाले वीरगंजको आदर्शनगरस्थित रहेको आमाको मायाँ छात्राबासमा रहेका छात्रहरुको लागि ब्याग र स्टेशनरी सहयोेग गरेको छ । छात्राबासममा रहेका २० जना बालबालिकाहरुको लागि पत्रिकाले आफ्नो ७ औं बार्षिकोत्सवको अवसरमा एक÷एक वटा ब्यज्ञ, आधा दर्ज काँपि, कलम क्यालकुलेटर सहयोग गरेको हो । पत्रिकाका प्रकाशक अजय चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा छात्राबासका प्रमुख रुपेश हास्दालाई सो सामग्री हस्तान्तरण गरिएको थियो । सो अवसरमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान राघव साह, बिश्व हिन्दु परिषद नेपालका संगठन सचिव प्रहलाद रेग्मी, पत्रिका सम्पादक संतोष चौरसिया, हिन्दु स्वम् सेवक संघका जनकपुर संवाहक रन्जित साह लगायतकाले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले राखेका थिए भने कार्यक्रमको संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।
नेपाल को एक मात्र प्रकाशित भोजपुरी टाईम्स दैनिक पत्रिका सातौं बर्ष पुरा गरी आठौं बर्षमा प्रबेश ।


