उपेन्द्र पासवान बारा साउन २३ गते ।
नेपाल परिवार दल बारा ले अत्ति विपन्न परिवार लाई राहत बितरण गरेको छ । उक्त पार्टी ले आज जिल्ला को सदरमुकाम कलैया स्थित देवकीलाल धर्मशालाको प्राङ्गण मा एक कार्यक्रम का बीच राहत स्वरुप खाद्यान्न बितरण गरेको हो । जिल्ला को विभिन्न ठाउँ का ४० जना लाई राहत बितरण गरिएको हो ।राहत स्वरुप एक जना लाई कतर्नी चामल २५ केजी , आटा ५ केजी , मसुर दाल २ केजी ,भटवास मास दाल २ केजी ,खाने तेल ४ पकिट , चिनी २ केजी ,मासाला १÷२ केजी ,साबुन २ पिस नुन १ केजी बितरण गरिएको हो । उक्त कार्यक्रम को प्रमुख अतिथि पुर्व मन्त्री एवं नेपाल परिवार दल का केन्द्रिय अध्यक्ष एकनाथ ढकाल कोभिड –ज्ञढ कोरोना बाट बाच्न सपुर्ण जनताहरु लाइ आग्रह को साथे छिटो भन्दा छिटो सबै लाइ खोप दिने ब्यवस्था गर्ने र सरकार सङ कोरोना बाट बच्न ब्यवस्थापन गराउने प्रतिबद्धता गर्नु भएको थियोे । विशिष्ट अतिथि नेपाल परिवार दल को प्रदेश २ संयोजक सन्तोष पौडेल को रहेको थियो ।त्यस्तै कार्यक्रम को अध्यक्षता पार्टी का जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको रहेको थियोे । कार्यक्रम पार्टी का विभिन्न पदाधि सुरक्षाकर्मी ,सन्चारकर्मी को उपस्थिति रहेको थियो ।