नबिन यादव सप्तरी । साउन २३ गते ।
सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकामा कार्यरत करार क्रमचारी शैलेन्द्र सिंहले गाउँपालिका बाट अधिक मोटबरा पेस्कि रकम लिएको खुलासा भएको छ । सोही गाँउपालिकाको वडा नम्मबर ७ को अध्यक्ष गुलाब सिंहको भतिजा ःष्क फिल्ड मोभिलाइजर (पनजिकरन शाखा ) शैलेन्द्र सिंहले करारमा कार्यरत रहेको क्रमचारीले मिलिभगतमा गाँउपालिकाबाट अधिक मोटबरा करबम पेस्कि लिएको छ। गाँउपालिकाको माहा लेखापरीक्षण प्रतिवेदन आनुसार २०७६÷२०७७ मा २०लाख भन्दा बढी पेस्कि रकम उठाएको लिखित प्रतिबेदनमा उलेख्य गरिएको छ । त्यस्तै गरि पेश्कीः आर्थिक कार्यविधि नियमावली २०६४को नियम ८०मा सरकारी कामकाजको निमित एक आर्थिक बर्षमा गएको पेश्की रकम सोही आर्थिक बर्षमा फर्छोट हुन नसकेमा कार्यलय प्रमुखले त्यसरी फछर्यौट हुन बाकि रहेको पेश्की रकमको नाम नामेसी सहित के के बापत पेश्की गएको हो सो समेत खुलाई जिम्मेबारी अर्को आर्थिक बर्षमा सारी प्रमाणित गर्नु पर्ने र यसरी सारिएको पेश्की यस नियमावली बमोजिम फर्छोट गर्नु पर्ने व्यावस्था छ। कार्यलयले निम्न बमोजिम यो बर्ष गएको पेश्की रू ६९,६०७,६६३. ०० हालसम्म फर्छौयट नगरेको हुदा जिम्मेबारी सारी नियमअनुसार फछर्यौट गर्नुपर्ने रू अन्तर्गत ःष्क फिल्ड मोभिलाइजर (पनजिकरन शाखा ) शैलेन्द्र सिंहले पेश्की बापत रू (२०,८६,७२५) बिस लाख असिछियासी हजार,सात सय पश्चीस रूपैया मिति २०७५÷२०७६मा पेश्की बापत रकम उठाएको छ ।