शम्भु पाण्डेय जनकपुरधाम । साउन २४ गते ।
धनुषाको सबैलामा जनमतपार्टी द्वारा सबैलामा ३ महिना सिलाइ कटाइ तालिम सम्पन्न लगतै ३२ जना सिलाइ मसिनका प्रमाण पत्र कार्यक्रम बितरण सम्पन्न भएको छ । जनमत पार्टी धनुषा सबैला नगरपालिका वडा नम्बर २ का वडा संयोजक नरायण नायकको अध्यक्षतामा , महिला जनमत संघ सबैला न.पा.–२ का संयोजन श्रीमती सुनीता चौधरीको पहलमा ३ महिना देखी सिलाई,कटाई तालीम दिदै आएको छ । सिलाई कटाई तालिमबाट स्थानीय महिलाहरुले गरिबीको रेखालाई पार गर्ने विश्वास लिँदै उनीहरुको लागि आत्मनिर्भर बनाउनको उदेश्यले पनि सिलाई कटाई तालिम लागिएको जनाइएको हो । यसपछि उनीहरु स्थानीय स्तरमा आत्मनिर्भर हुने विश्वास लिइएको हो । जनमत पार्टी सबैला नगरपालिकाका नगर संयोजक संजय प्रधानको प्रमुख अतिथिमा , सबैला न.पा.–२ वडा संयोजक नरायण नायकको अध्यक्षतामा, महिला जनमत संघ सबैला न.पा.–२ संयोजक श्रीमती सुनीता चौधरीको पहलमा सिलाई,कटाई तालीमको प्रमाण–पत्र बितरण कार्यक्रम भब्यताका साथ समपन्न भएको छ । कार्यक्रम मा उपस्थित जनमत पार्टि को भातृ संगठन महिला जनमत संघ धनुषा जिल्ला सदस्य श्रीमती सबिता दास र सबैला न.पा.–१ वडा संयोजक राकेश राउत सबैला न.पा.–२ उपाध्यक्ष श्रीमती दूलारी दास सबैला न.पा.–२ महिला जनमत संघ सचिव श्रीमती प्रतिमा महतो महिला जनमत संघ सबैला न.पा–२ कोशाध्यक्ष श्रीमती ३बबिता)नायक जी,सबैला न.पा.–२ का कोशाध्यक्ष बेच्चू राउत नगर सदस्य, वडा सदस्य लगायत महिला, युवा कार्यकर्ता सहित गाउका बुद्धिजीवी लगायतका उपस्थित रहेको थियो । जनमत सबैला न.पा. नगर संयोजक संजय प्रधानले( प्रथम) Frist price with medele श्रीमती चाँदनी ठाकुर लाई हस्तांतरण गरेको छ । सबैला न.पा.–२ का वर्डा संयोजन नरायण नायक (दोस्रो )Second price with medle श्रीमती गयात्री शाह लाई हस्तांतरण गरेको छ । महिला जनमत संघ सबैला न.पा.–२ संयोजक श्रीमती सूनीता चौधरी ( तेस्रो )Third price with medle श्रीमती पुजा दास लाई हस्तांतरण गरेको छ । त्यस्तै जम्मा ३२ जना महिला,दिदी, बहिनी हरुलाई प्रमाण–पत्र हस्तांतरण गरेको छ ।