नबिन यादव राजविराज । साउन २४ गते ।
गाउँपालिका व्यापक अनियमितता भएको भन्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका युवाहरुले भण्डाफोर अभियान थालेको छ । आज तिलाठी कोईलाडी गाउँपालिका वार्ड न ७ स्थित मनसापुरमा आयोजना गरिएको कार्यक्रमका बीच युवाहरुले अभियान सुरु गरेका हुन् । स्थानीय अरुण मण्डलको नेतृत्वमा सुरु गरिएको अभियान तहत तिलाठी कोईलाडी गाउँपालिका भरिका भएका बेथिती र अनियमितताहरु बाहिर ल्याउने जनाएको छ । अभियान तहत नै लथालिङ देखिएका योजनाहरुको छानवीन र पछिल्लो ४ वर्षमा गाउँपालिबाट भएका कार्यहरु विवरण सार्वजनिक हुनुपर्ने माग समेत गरिएको छ ।