राजिव शाह– सर्लाही ,साउन २४ गते ।
महन्थ ठाकुर समूहले मधेसका जिल्लाहरुमा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ । निर्वाचन आयोगबाट जसपाको आधिकारिकता प्राप्त उपेन्द्र यादव पक्ष केन्द्रमा सत्ता समीकरण मिलाउन काठमाडौंमा व्यस्त रहेका बेला आफूहरू माथि लागेको आरोप चिर्न ठाकुर सहित उनी पक्षीय नेताहरू यतिबेला मधेसका जिल्लामा होमिएका छन्। अगुवा कार्यकर्ता भेलालाई आइतबार सर्लाही सदरमुकाम मलंगवामा भेलालाई सम्बोधन गर्दै पार्टीका बरिस्ठ नेता एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले “मधेसी एकता जिन्दावाद“को नारा नै मधेसी जनताको सबैभन्दा ठुलो कमजोरी रहेको बताएका छन् । महन्थ पक्षका नेता एवं प्रदेश न–२ का पुर्व भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले अगुवा कार्यकर्ता भेलामार्फत तत्कालीन केपी ओली नेतृत्वको सरकारमा जसपा महन्थ ठाकुर पक्षबाट सहभागी हुँदाको १८ दिनको अवधीमा पार्टीले मधेस र मधेसी जनताको लागि गरेका कामको विवरण पेस गरेका छन् । निर्वाचन आयोगबाट जसपाको आधिकारिकता नपाए पनि ठाकुर पक्षले प्रदेश न–२ का सर्लाही लगायत अन्य जिल्लाहरुमा सोही पार्टीकै ब्यानरमा कार्यकर्ता भेला गरेको पार्टीले जनाएको छ।जसपाका सर्लाही जिल्ला अध्यक्ष राम प्रसाद राय यादवको अध्यक्षतामा आयोजना भएको अगुवा कार्यकर्ता भेलालाई महतोसहित नेता जितेन्द्र सोनल,अभिराम शर्मा, प्रदेश न–२ का प्रदेश सभा सदस्यहरु ,केन्द्रीय सदस्यहरु लगयतले पनि सम्बोधन गरेका थिए । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता यादव पक्षलाई दिएपछि ठाकुर पक्ष पार्टीको आधिकारिकताको लागि सर्वोच्च अदालत पुगेको छ ।