श्री राम सुगर मिलको रकम बाकि नरहेको दावी, भए प्रमाण सहित पैँसा लिन आउन आग्रह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण २६, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
श्री राम सुगर मिलको रकम बाकि नरहेको दावी, भए प्रमाण सहित पैँसा लिन आउन आग्रह


रमेश कुमार यादब श्रावण २५,रौतहट
रौतहटको श्रीराम सुगर मिलले किसानको बक्यौता रकम सबै भुक्तानी गरिसकेको बताएको छ । रौतहट जिल्लाको मुख्य ब्यापारिक ठाउँमा रहेको श्री राम सुगर मिल लिमिटेड कम्पनीले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म सबै किसानको रकम भुक्तान भइसकेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा आफ्नो कम्पनीलाई जोडेर समाचार आइरहेको विषयमा ध्यानाकर्षण भएको भन्दै सुगर मिलले विज्ञप्तिमार्फत सबै रकम भुक्तान भइसकेको जनाएको छ । उसले विज्ञप्तिमार्फत भनेको छ, यस उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम मिति २०७७ पौष ३ गतेदेखि सुचारु गरी भुक्तानी गरी सकेको तथ्य ब्यहोरा हाम्रा सबै उखु किसानहरुलाई जानकारी नै छ । यस उद्योगले स्थानीय स्तरमा नै विभिन्न पत्रपत्रिकाहरुमा सूचना समेत प्रकाशित गरी बाँकी रहेको बक्यौता रकम बुझिलिनका लागी जानकारी गराएको र सोही बमोजिम हाम्रा उखु किसानहरुले बाँकी रहेको बक्यौता रकम बुझिलिएको समेत सबैमा अवगत गराउन चाहन्छौं । विज्ञप्तिमा अहिलेसम्म किसानको सबै बक्यौता भुक्तान भइसकेको दाबी गर्दै सुगर मिलले केही कारणले कोही किसानको भुक्तानी छुटेको भए तत्काल प्रमाणसहित दाबी गर्नका लागि आग्रह गरेको छ । विज्ञप्तिमा उल्लेख छ, कुनै कारणबँश उखु किसानहरुले भुक्तानी लिन छुट भई बाँकी बक्यौता रहेको भएमा आफ्नो उचित सक्कल प्रमाणसहित भुक्तानी लिनका लागी यसै विज्ञप्तिलाई आधार मानी कारखानामा उपस्थित भई रकम बुझि लिनु हुन सबैमा अनुरोध गरेका छन ।रौतहटको किसानहरुको शानको रुपमा रहेको श्री राम सुगर मिल बन्द हुँदा अहिले किसानहरु चिन्तीत भएका छन साथै बिभिन्न गरिब परिवारहरु रोजी रोटी नै छिनिएको जस्तो भएको किसानहरुले दुखेसो पोखेका छन । मिल पुनःसँन्चालन गर्नु परेमा बिभिन्न राजनैतिक दल लगायत मजदुरहरु आन्दोलन गर्दै आईरहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस