महोत्तरीको मटिहानीमा साईकल वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण २६, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
महोत्तरीको मटिहानीमा साईकल वितरण

धर्मेन्द्र कुमार यादव–महोत्तरी, साउन २५ गते ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ नौ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय सिमरदहीमा आज साईकल वितरण गरिएको छ । बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा कक्षामा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत ४३ तिरचालिस जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा विद्यालयका प्र.अ. राज किशोर चौधरीले बताउनु भयो । यसै वीच मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले आज विद्यालयमा आयोजित एक समारोह वीच छात्राहरुलाई साईकल वितरण गर्नु भयो ।सो अवसरमा उहाँले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा बताउनु भयो । कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैँन मटिहानी नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साह विद्यालयका प्र.अ. राज किशोर चौधरी सहित अभिभावक राजनैतिककर्मी र विद्यालयका शिक्षकहरु सहभागी रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस