रामप्रवेश बैठा । रौतहट । साउन २८ गते
रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिकामा आइटि आर्मीको वडा कमिटी धमाधम गठन भइरहेको छ । बिहिवार सो नगरपालिकाको वडा नम्बर ५ टिकुलिया टोलमा गठन भएको हो । टिकुलिया टोलको श्री राम जानकी मठको प्रांगनमा आइटि आर्मी गठनको यूवाहरु जम्मा भएका थिए । नगर उपप्रमुख परनिया देवी पटेल प्रमुख आतिथ्यता र विशिष्ट अतिथी मेयर प्रत्यासी प्रेमलाल साह रहनु भएको थियो । चन्द्रिका साह कानुको अध्यक्षतामा १७ सदसिय कमीटी गठन गरिएको मेयर प्रत्यासी साहले जानकारी गराउनु भयो । गठित कमिटीको उपाध्यक्षमा राकेश साह,उपाध्यक्षमा गान्धी मुखिया, अशोक साह,कृष्ण यादव,कोषध्यक्षमा अनिल यादव,सचिवमा धिरेन्द्र साह,सह सचिवमा ओमप्रकाश दास सहितका व्यक्तीहरु रहेका छन् । सो कमिटी गठनको अवसरमा आइटि आर्मीकाका केन्द्रिय सदस्य विरबल महतो,समाजसेवी भरत पटेल,नगर कमिटी अध्यक्ष अरविन्द पटेल,वडा प्रत्यासी ओपिन्द्र साह कानु सहितका व्यक्तीहरुको सहभागिता रहेको थियो ।