आरके श्रीवास्तव । रौतहट । साउन २८ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा अन्तर्राष्ट्रिय यूवा दिवस २०२१ मनाइएको छ । गुजरा नगरापालिकाको सभाहलमा सो कार्यक्रमको आयोजन गरिएको थियो । उपमेयर रौशन शेष खातुनको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजन गरिएको थियो । यूएनएफपिए को सहयोगमा सो कार्यक्रमको आयोजन गरिएको थियो । खाध प्रणालीमा रुपान्तरण मान र भूमण्डलीय स्वास्थ्यका लागि यूवा नवप्रर्वदन भन्ने मूल नारा का साथ अन्तर्राष्ट्रिय यूवा दिवस मनाइएको हो । सो अवसरमा कार्यपालिका सदस्य दलित अगुवा पुनित राम,यूवा नेता बदरुदिन अरमान भाइ सहितका व्यक्तीहरुको सहभागिता रहेको थियो ।