रामप्रवेश बैठा । रौतहट । साउन २८ गते
एक सय घण्टा भित्र स्वास्थ्य चौकी भित्र एम्बुलेन्स जाने बाटो बनाउन निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले प्रतिबद्धता जनाउनु भएको छ । रौतहट कटहरिया नगरपालिकामा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको समुदघाटन गर्दै वहाँले यस्तो बताउनु भएको हो । नेकपाको नाममा मत लिएर सर्वोच्चमा लाइनमा बसेर लिखित रुपमा काँग्रेसी लाइ सहयोग गर्नु जनताको मतलाइ वेवास्त गर्नु गलत प्रक्रिया रहेको बताउनु भएको हो । लिखित रुपमा अरु पार्टीलाइ सहयोग गर्ने नेता सांसद लाइ पद बाट नहटाउनु र आफूहरुको मुद्धा लाइ सर्वोच्चले खारिज गर्नु दुर्भाग्यपूर्ण रहेको बताए । कम्यूनिष्ट लाइ जनताले पाँच सालको लागि स्थायी सरकारको लागि जनमत दिएको थियो । तर आज काँग्रेसको सरकार छ । यो हाम्रो देशमा कस्तो विडम्बना छ । जिल्ला भरिको पालिकाहरुमा सुरक्षित आवास को लागि आएको बजेट कटहरिया र मौलापुर नगरपालिका बाहेक कुनै पनि पालिकाले वितरण नगरि रहेको खुलासा गरे । यस बारे आम जनसमुदायले निगरानी गर्नु पर्ने अवस्था आएको सांसद कुशवाहाले बताए । अन्य पालकिाले सुरक्षित आवास शिर्षक को रकम किन वितरण गरिरहेका छैन्न् । वहाँले प्रशन समेत गर्नु भयो । आफूहरुको गैंस सिलिण्डर वितरणको योजना देखेर जनताहरु प्रभावित भएर अन्य सांसद,मेयर , जनप्रतिनिधीहरु समक्ष खुलेर दाबा दिइरहका छन् । यसले नेताहरुको निन्द नै हराम भएको छ । कटहरिया नगरापालिकाको वाड नम्बर ३ मा आ उदघाटन गरिएको स्वास्थय चौकी तथा बर्थिङ सेन्टरको उदघाटन पछि स्थानियहरुको माग अनुसार एक सय घण्टा भित्र स्वास्थ्य चौकी भित्र एम्बुलेन्स जाने बाटो बनाउने प्रतिबद्धता गरेका छन् । एउटा अर्को प्रसँगमा निवर्तमान प्रदेश सांसद कुशवाहाले ठेकेरदारहरुको लापारवाहीको कारण विकास निर्माणको कामहरु प्रभावित भइरहेको उल्लेख गरे । ७० प्रतिशत बिलोमा ठेक्कका हाले पछि कामको गुणस्तरीयता घटेको आरोप लगाए । साथै ठेकेदारहरुको लापारवाहीको कारण काम समयमा सम्पन्न हुन नसकेको आरोप लगाए । साथै जनताको मत बाट जितेका सांसद लाइ पद बाट बर्खास्त गरिनु देशको लागि दुर्भाग्य रहेको बताउनुभएको छ ।