रमेश कुमार यादब श्रावण २९ ,रौतहट
रौतहटका नेपाली काग्रेसका युवा नेता एवंम पुर्व मन्त्री महम्मद आफताव आलमले आफूलाई झुठा आरोपमा फसाएर कारागारमा राखिएको हुँदा छुट्नु पर्ने माग राख्दै सर्वोच्च अदालतमा शुक्रवार दिएको निवेदनको सुनवाइ सरेको हो । सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आज शुक्रवार सुनुवाइका लागि पेसी तोकिएको भए पनि न्यायाधीश रेग्मीले त्यस मुद्दाको सुनुवाइ गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश रेग्मीले त्यसैसँग सम्बन्धित रिट निवेदनमा अवहेलना मुद्दामा आदेश गर्नु भएको रहेछ, त्यसले गर्दा त्यस मुद्दाको सुनुवाइमा हेर्न मिलेन । रौतहट जिल्ला अदालतको थुनामा रहेका आलमको ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । त्यस निवेदनमा आलमलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । जिल्ला, उच्च अदालत हुँदै त्यो मुद्दा सर्वोच्चमा पुगेको हो ।पहिलो संविधान सभाको पूर्व सन्ध्या अर्थात २०६४ साल चैत २७ गते साँझ ७ बजेको समयमा राजपुर फरहदवामा बम विस्फोट गराएको र त्यसबाट व्यक्तिको हत्या गरेको आरोप लागेपछि आलम पुर्पक्षका लागि कारागारमा रहेका छन् । आलमलाई थुन्नुपर्ने भनी जिल्ला अदलात रौतहटले दिएको आदेशलाई उच्च अदालतले पनि सदर गरेको थियो । त्यही आदेश विरुद्ध आलम सर्वोच्च अदालतमा पुगेको बताइएको छ ।