स्मिथ रजक । गौर । साउन ३० गते
रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकामा राहत सामाग्री वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ९ डुमरिया टोलमा दलितहरु लाइ राहत वितरण गरिएको हो । सो वर्डाको करिब २ सय ६ जना दलितहरु लाइ राहत उपलब्ध गराइएको जनाइएको हो । वडा स्तरिय बजेट बाट सो राहत सामाग्री वितरण गरिएको वडाध्यक्ष रामबाबु राय यादवले जानकारी गराउनु भयो । राहत स्वरुप चामल ३०,दाल ३ किलो वितरण गरिएको यादवले बताए । वडाध्यक्ष यादवको अध्यक्षता र नगरप्रमुख संतोष मेहताको रोहबरमा उक्त सामाग्रीहरु दलित समुदायका मानिसहरु लाइ दिइएको हो ।सो अवसरमा मेयर मेहता र वडाध्यक्ष यादव सँगै वडा सदस्य हरिहर साह,रामबाबु बानिया स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।