सुबानन्द यादव । रौतहट । साउन ३० गते
कहाँ गेल उ लोग नामक बज्जिका पुस्तक लोकार्पण गरिएको छ । रौतहट मध्य भाग गरुडा स्थित रहेको श्री माध्यमिक विधालय गरुडामा उक्त किताब लोकार्पण गरिएको छ । संयुक्त राज्य अमेरिकामा बस्दै आइरह्नु भएका लेखक साहित्यकार विश्वराज अधिकारी द्धारा लिखित उक्त पुस्तकको लोकार्पणका लागि बज्जिका क्षेत्रका विभिन्न हस्तीहरु जम्मा भएका थिए । बज्जिका साहित्य संगमको प्रकाशनमा अधिकारीको यो छैठौं कृति रहेको छ । शनिवार मावि गरुडामा बज्जिका साहित्य संगमको एक बैठक बसी सो पुस्तक सार्वजनिक गरिएको हो । बज्जिका भाषा विकास परिषद नेपालका अध्यक्ष शिवचन्द्र साहको प्रमुख आतिथ्यता र बज्जिका साहित्य संगमका अध्यक्ष किशुन दयाल यादवको अध्यक्षतामा सो बैठक बसेको थियो । बैठक बाट संगमका यस अघिका कोषाध्यक्ष मनोज कुमार चौधरीको निधन भएको प्रति दुःख व्यक्त गर्दै संगमको कोषध्यक्ष पदमा संजय सुदामा लाय मनोनय गर्ने सवै सहमती बाट निर्णय गरेको छ । सो अवसरमा साहित्यकार संजय साह मित्र, संगमका सचिव केदार यादव,संगीता सहनी,बज्जिकाञ्चल खबरका राजु कुमार श्रीवास्तव,गुजरामाइ एफएमका रामप्रवेश बैठा,समतोलिया मुखिया,रेणु गुप्ता।शिव चन्द्र साह सहितका व्यक्तीहरुको सहभागिता रहेको थियो ।