राधेश्याम यादव । रौतहट । साउन ३० गते
रौतहट जिल्लाको कटहरियामा भूमि सम्बन्धि समस्या सामाधान आयोग खारिजको विरोधमा प्रर्दशन गरिएको छ । नेकपा एमाले समर्थित भातृ संगठन अखिल नेपाल किसान महासंघ रौतहटको नेतृत्वमा प्रर्दशन गरिएको हो । कटहरिया स्थित सहदि स्मृती प्रतिष्ठान बाट सुरु भएको किसानहरुको रैली कटहरिया बजारको मुख्य सडक परिक्रमा गरेको थियो । सो क्रममा सहभागी भूमिहिन किसानहरुले विघटित भूमि आयोग पुर्नस्थापना गर,किसान महासंघ जिन्दावाद,नेकपा एमाले जिन्दावाद,विघटित भूमी आयोग पुर्नस्थापना गर,परमादेश सरकार मुर्दावाद जस्ता नाराहरु लगाएका थिए । किसानहरु नगर परिक्रमा गरि विवाहमण्डपको अगाडी प्रतिक्षालयमा हस्ताक्षर संक्लनका लागि जम्मा भएका थिए । त्यसमा सैयौं व्यक्तीहरुले हस्ताक्षर गरिएको महासंघका रौतहट इन्चार्ज किशोरी कुशवाहाले जानकारी गराउनु भयो । सो अवसरमा किसान नेताहरु श्यामाकान्त यादव,शंकर यादव सहितका व्यक्तीहरुको सहभागिता रहेको थियो ।