रामप्रवेश बैठा । रौतहट । साउन ३० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ६ फतेपुरमा वृक्षारोपण गरिएको हो । वार्ड नम्बर ६ स्थित रहेको श्री आधारभूत विधालयमा शनिवार वृक्षारोपण गरिएको जनाइएको हो । सन्त डा. गुरमित रामरहिम सिंह इन्साको जन्मदिनको अवसरमा वृक्षारोपण गरिएको स्थानिय रामाकान्त महतो इन्साले जानकारी गराउनु भयो । धन धन सत गुरु रौतहट बलक झाँझपुल आश्रमको विशेष पहलमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको हो । विधालय कम्पाउण्ड वालको वरिपरि करिब १ सय ११ विभिन्न प्रजातीका विरुवा वृक्षारोपण गरिएको थियो । सो अवसरमा प्रमुख अतिथी धनेश्वर इन्सा सहित स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।