प्रदेश २ को प्रदेश प्रमुख राजेश झा अहिराज पदमुक्त, हरिशंकर मिश्रालाई नियुक्त गर्न सिफारिस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ३२, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
प्रदेश २ को प्रदेश प्रमुख राजेश झा अहिराज  पदमुक्त, हरिशंकर मिश्रालाई नियुक्त गर्न सिफारिस

३२ साउन, रौतहट । प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो । महोत्तरीको पिपरा गाउँपालिकाका उनी नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए । उनलाई काँग्रेस नेता विमलेन्द्र निधिको जोडबलमा प्रदेश प्रमुख सिफारिस गरिएको बताइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि अहिराजलाई पनि हटाएर मिश्रलाई नियुक्तिको सिफारिस भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस