नारायणी अस्पतालमा अख्तियारको छापा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ३२, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
नारायणी अस्पतालमा अख्तियारको छापा

एम.डी रेयाज़

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ ।

अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।

अस्पतालले चार वर्षअघि २० लाख रुपैयाँ बीऊ पुँजी राखेर फार्मेसी शुरु गरेको थियो । अहिले आपूर्तिकर्ताको १ करोड ५१ लाख रुपैयाँ तिर्न बाँकी छ भने मौज्दात शून्य छ । फार्मेसीमा भएको औषधिको मूल्यांकन ३० लाख रुपैयाँ मात्र भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस