रमेश कुमार यादब श्रावन ३२,रौतहट
रौतहटको मुख्य नाकाबाट प्रबेश गरेका नेपालमा प्रतिबन्ध रहेको दुई हजारको भारतीय नोट सहित एक जनालाई पक्राउ गरेका छन । बैरगनिया हुदैँ रौतहट जिल्लाको मुख्य नाका गौर भएर प्रबेश गरिरहेका भारतीय नागरिकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका भारत बिहार दरभंगा जिल्लाको कम्तोैल घर भएका ४० बर्षिय संजित कुमार साहलाई चेकजाँचको क्रममा २ हजार दरका ६९ थान गरि जम्मा १ लाख ३८ हजार भारतीय रुपैया सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि सिद्धि बिक्रम साह जनाएका छन । नियन्त्रणमा लिइएका साहलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि भारतीय नोट सहित राजस्व कार्यालय पथलैया वाराको जिम्मा लगाएको रौतहट प्रहरीका डिएसपी एवं प्रवक्ता नारायण प्रसाद चिमोरियाले जानकारी दिएका छन । यस्तै गत श्रावन २५ गते रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेका थिए ।रौतहटका बिभिन्न ठाउँबाट अबैध रुपैँयाको तस्करी बढेका छन ।यस्ता कार्यलाई नियन्त्रणमा लिन नेपाल प्रहरीलाई लागन रौतहट प्रहरीका एसपि साह प्रहरी युनिटलाई निर्देशन दिएको पनि हुन बताएका छन । यस्ता भईरहेको घटनाहरुलाई निरुत्साहित गर्न प्रदेश २ का आठै ओटा जिल्लाका प्रमुख एसपिहरुलाई भेला गरि प्रदेश २ का प्रहरी प्रमुखले निर्देशन दिएका थिए ।