रमेश कुमार यादब श्रावन ३२,रौतहट
जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघ रौतहटको जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ ।रौतहट जिल्लाको चर्चित ठाउँ गरुडाको गरुडा ईलाका प्रहरी कार्यलय अगाडी रहेको चर्चित होटेल एनपि स्टारमा जनता समाजबादी पाटी नेपालको भातृ सँगठन तथा समाजबादी युवा सँघको कार्यक्रम समाजबादी युवा संघ नेपाल रौतहटको जिल्ला अध्यक्ष कौसर खांन मिथिलाको अध्यक्षतामा सोमबार सम्पन भएको छ । सो कार्यक्रममा जनता समाजबादी पाटी नेपालको भातृ संगठन तथा समाजबादी युवा संघका बारेमा बिभिन्न बक्ताहरुले आफ्नो–आफ्नो धारण राखेका थिए । यस युवा सँघले समाजमा बिभिन्न किसिममा घटिरहेका घटनाहरु बारेमा र आफ्नो सँघलाई कसरी अगाडी बढाउने बारेमा छलफल भएको थियो ।युवा सँघले सो छलफलमा बिभिन्न प्रस्तावहरुमाथि छलफल गरिएको थियो ।समाजबादी युवा सँघ र न्या शतिm युवा सँगठनको जिल्ला कार्य समिति समायोजन गर्ने ,समाजबादी युवा सँघको निरन्तर बैठक बस्ने गरि छलफल भउको थियो ।उक्त बैठकबाट यस सँघलाई कसरी अगाडी बढाउने भनि भनेर ११ तदस्त समिति गठन गरेका छन । ११ तदस्त समितिमा अध्यक्ष कौशर खान मिथिला ,सचिव सँजिव कुमार यादब ,स–सचिवमा नबिन कुमार यादब ,कोषाअध्यक्ष शेख मोस्तकिम सदस्यमा ललन कुमार पाल लगायत ६ सदस्यहरु चयन भएको समाजबादी युवा सँघको सचिव कमलेश कुमार यादब जानकारी गराएका छन । समाजबादी युवा संघ नेपाल रौतहटको जिल्ला अध्यक्ष कौशर खानले हाम्रो यो सँधलाई अझैँ बिस्तार गर्नको लागी प्रत्येक वाड ,नगर क्षेत्र र जिल्ला समितिको सँगठन बिस्तार गरि अगाडी बढाउने आफ्नो पाटीका पदाधिकारी लगायत सदस्यहरुलाई आग्रह पनि गरेका थिए ।कार्यक्रममा सोहि सँघका प्रदेश सचिव कमलेश यादबले आफ्नो मन्तब्य राखने क्रममा यो सँसारको सबभन्दा ठुलो अँग युवा नै हो यसले जे पनि गर्न सक्छ भनि आफ्नो पाटीका युवाहरुलाई उत्प्रेरित गरेका थिए । उहाँ यसै क्रममा युवा एउटा वायु हो पनि भनेका थिए । युवालाई कसैले कमजोर ठान्दा जेपनि गर्न सक्छ उहाँले यो पनि भन्नु भयो युवा एउटा वायु हो वायु जब बिस्तारै चल्छ सबैलाई सितलता दिन्छ जब त्यहि वायु जोडले चल्दा कति खतरनाक हुन्छ भनि उदाहरण पनि दिएको थियो ।त्यसतै युवा सँघका पदाअभिकारीहरुलाई यसलाई अगाडी बढान भनेका थिए । सोहि छलफलमा समाजबादी युवा सँघको वडा देखि नगर ,क्षेत्र र जिल्ला समितिको सँगठन बिस्तार गर्न सात सदस्यि समिति चयन गरेका थिए । समाजबादी युवा सँघ रौतहटको निरन्तर बैठक प्रत्येक महिनाको पहिलो हप्ता गर्ने भनि सर्वसहमतबाट निणर्य भएको थिए । सो कार्यक्रममा वैठकमा जनता समाजवादी पार्टीका युवा नेता राजकुमार दास तत्माले सम्बोधन गर्दै वर्तमान परिपेक्षमा समाजवादी युवाले खेल्नु पर्ने भुमिकाको बारेमा आफनो धारणा राख्नु भएको थिए ।सो कार्यक्रममा युवा नेता तथा दलित बिकाश समितिका सदस्य राज कुमार दास तत्मा ,समाजबादी युवा सँघका प्रदेश सचिव कमलेश प्रसाद यादब ,उपेन्द्र यादब ,गर्भु ठाकुर ,पुन प्रताप पटेल ,अनिल कुमार पटेल लगायत ३०÷४० जना ब्यतिmहरुको उपस्थिती रहेको थिए ।