राजेश पासवान । भदौ ३ गते रौतहट ।
रौतहटमा राष्ट्रिय युवा संघ नेपालले सरकारले जारी गरेको अध्यादेश विरुद्ध प्रर्दशन गरेको छ । राष्ट्रपति विधादेवी भण्डारीले अध्यादेश प्रमाणिकरण गरे पछि देश भरमा विरोध प्रर्दशन हुन थालेको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि रौतहटले अध्यादेशको विरोधमा रौतहटको गौरमा प्रर्दशन गरेको छ । राजनितिक दल सम्बन्धी सो अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था रहेको छ । अध्यादेश चाहिँदैन, पार्टि फुटाउन पाइँदैन भन्ने मुख्य नाराका युवाहरुले गौरमा मोटरसाइकल र्याली निकालेका थिए । आन्दोलन गौर स्थित बिपि चौकबाट शुरु भएर गौर नगर भरी परिक्रमा गर्दै रैली सम्पन्न भएको थियो । कोरोना भाइरसबाट जोगिन जिल्ला प्रशासन कार्यालय रौतहटले ३१ गते राति १२ बजे देखि नै निषेधाज्ञा जारि गरेको अवस्था छ। सबै किसिमको सभा, जुलुस प्रर्दशनमा बन्देज लगाए पनि राष्ट्रिय युवा संघ नेपाल रौतहट कमिटिले उक्त आदेशको उल्लंघन गर्दै प्रर्दशन गरेको हो ।