२१ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित, कुल ४०,३०९ जना सक्रिय सङ्क्रमित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ४, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
२१ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित, कुल ४०,३०९ जना सक्रिय सङ्क्रमित

|Ergin Yalcin/Getty Images

नेपालमा थप ३,०४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २६ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २३ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,४५५ पुगेको छ।

मन्त्रालयले शुक्रवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा थप २,२४४ जना निको भएका छन्।

कुल १७,६५४ परीक्षण गर्दा १९.५ प्रतिशतमा कोभिड सङ्क्रमण देखिएको हो।

तीमध्ये ७,१२४ जनामा एन्टिजन परीक्षण गरिएकोमा ९६३ जनामा कोभिड पुष्टि भएको हो।

अहिले नेपालमा ४०,३०९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ३,३८७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेकामध्ये ७१४ जना सघन उपचार कक्ष आईसीयूमा र १७१ जना भेन्टिलेटरमा छन्।

विगत २४ घण्टामा सबैभन्दा बढी काठमाण्डू जिल्लामा ६०४ सङ्क्रमित भेटिएका हुन्।

नेपालभरि २१ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १८ जिल्लामा २०० देखि ४९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ ।

ताजा अपडेट

खोजी गर्नुहोस