राजेश पासवान । भदौ ४ गते ।सर्लाही ।
सर्लाहीको बरहथवा नगरपालिकाका वडा नम्बर १० का ६६७ दलित विपन्न तथा गरिब परिवारलाई राहत वितरण गरिएको हो ।
कोरोना महामारीका कारण रोजगार गुमेर भोकभोकै बस्न बाध्य भएका बरहथवा नगरपालिका वडा नम्बर १० का ६६७ ओटा अति विपन्न,गरिब र दलित परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ।
चुजी फाउण्डेसन ताइवान र दलित सरोकार मन्च सप्तरीको सहयोगमा शुक्रबार जिरा मसिनो चामल २५ किलो,आटन १० किलो,खाने स्वाबिन चेल १ किलो,मसुरो दाल १ किलो,चना १ किलो,चिनि १ किलो,नुन १ किलो नुहाउने साबुन चार ओटा प्रदान गरिएको छ।
कार्यक्रमको अध्यक्षता बहुजन समाज परिषद नेपाल का केन्द्रीय अध्यक्ष हरिनन्दन कुमार रन्जनले गर्नुभएका थिए भने बिशिस्ट अथितिको रुपमा दलित एवम् बहुजनको मुदामा सधै अग्रसर भइ काम गर्दै आएका बहुजन समाज परिषद् नेपालका बरिस्ठ नेता राजाराम पासवान रहेका थिए। त्यसैगरी अथितिहरुमा जितेन्द्र राम,उर्मिला देवी राम र नागेन्द्र राम लगायत त्यहाँका स्थानीयहरुको पनि उपस्थिति रहेको थियो।
पहिलो चरणको लकडाउन देखि अहिले सम्म बहुजन समाज परिषद नेपाल का केन्द्रीय अधयक्ष राम र बरिस्ठ नेता पासवानले चुजी फाउण्डेसन र दलित सरोकार मन्च लगायत विभिन्न संघ संस्थाहरुको सहयोगमा पटक पटक राहतका सामाग्रीहरु बाँडदै आइरहेका छन्।