राजेश पासवान । भदौ ४ गते रौतहट ।
पुजारी श्री,राम साहको अपराधीलाई कार्यवाहीको मागगर्दै विश्व हिन्दु परिषदले जिल्ला प्रशासन कार्यालय,रौतहटमा शुक्रबार ज्ञापन पत्र बुझाएको हो।
गत २०७७ भदौ ३ गते का दिन रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर २ खेशरहियाका हनुमान मन्दिर को पुजारी श्री राम शाह लाई राती खाना खाई रहेको बेला गोली हानी हत्या गरिएको र सो सँग सम्बन्धित संघातिक अपराधी (प्रतिवादी) हरु लाई अदालतमा मुद्दा चली रहेकै अवस्थामा अपराधी मध्ये एक जना स्थानीय वडा अध्यक्ष समेत रहेका शेख नुरूलाह लाई अदालत मा हाजिर गराइएको केही घण्टा मा नै साधारण तारेखमा रिहा हुनु आफै मा आश्चर्य एवम् दु:खद पक्ष रहेको भन्दै सोको वरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।
विश्व हिन्दु परिषद रौतहटको अध्यक्ष आलोक पाण्डे का अनुसार पहुँच को आधारमा यस्तो भएकोले अपराधी लाई हदै सम्मको कार्यवाहीको लागि आफुहरु सरकार को माथिल्लो निकाय सम्म जिल्ला प्रशासन कार्यालयकै मार्फत जानकारी गराइरहेको र सम्बन्धित निकायले यस प्रति ध्यान दिएन भने, भोलि को दिन मा हिन्दु धर्म मा आस्था राख्ने धर्म अनुरागीहरूले साधु को हत्या को न्याय को लागि समाजिक स्तरमा चुप लागेर बस्न सक्ने अवस्था न रहने जस्ता कुराहरु सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत सरकार,गृह मन्त्रालय,मानव अधिकार, सम्मानित सर्वोच्च अदालत एवं सम्मानित न्याय परिषद् का लागि समेत छुटै र जिल्ला प्रशासन कार्यालय लाई छुट्टै ज्ञापन पत्र बुझाइएको छ।
उक्त पत्र लाई हिन्दु परिषद का जिल्ला अध्यक्ष आलोक पाण्डेय ले पढेर सुनाउनु भएको थियो भन्ने, कार्यक्रम मा युवा संयोजक नन्द भुषण श्रीवास्तव, परिषद् का संचार प्रमुख चन्चल झा, उपाध्यक्ष रणधीर ठाकुर, समाजसेवी अभितेन्द्र श्रीवास्तव, परिषद् का महादेव पट्टी प्रमुख धर्म राज पटेल, युवा अभियन्ता एवं पत्रकार सतेन्द्र प्रताप सिंह,रेड टि भी का स्टेशन म्यानेजर अरविन्द यादव, राजदेवी एफएम का प्रत्रकार एवं परिषद् का विशेष सहयोगी श्री कान्त यादव लगायत संचार कर्मी हरु को साथै समाज का लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।