राजेश पासवान।भदौ ५ गते।रौतहट ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा दुसाद एकीकरण अभियानको संगठन बिस्तार तथा वडा कमिटि गठन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित बस्तीमा दुसाद एकीकरण अभियान को संगठन बिस्तार तथा दुसाद जाति को सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलाले राजेश पासवानको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो । २१ सदस्यीय वडा कमिटीको अध्यक्ष मा दिपलाल पासवान चयन भएका छन भने उपाध्यक्ष मा,कोषाध्यक्षमा किसमतिया देवि,भोजेन्द्र पासवान,र सचिवमा प्रसान्त पासवान सदस्य हरुमा झगरु पासवान,चन्देश्वर पासवान,सरोज पासवान,बिगन पासवान,कैलास पासवान,आसनरायण पासवान र सुरज पासवान लगायत अन्य १० जना सदस्यहरु रहेका छन । कार्यक्रममा दुसाद जाति भित्र रहेको कमिकम्जोरी,शिक्षामा सुधार राजनीतिमा पहुँच र दुसाद जाति माथि भईरहेको अन्याय र अत्यार को बिषयमा गहन छलफल भएको थियो । कार्यक्रमको बिशिस्ट अथितिको रुपमा बोल्दै दुसाद जाति का अगुवा सुरेन्द्र पासवान ले ,सबै संगठनलाई अगाडि बढाएर एउटा ऐतिहासिक कार्य गरिरहेको र प्रदेश नं.२ मा दिन–प्रतिदिन जातीय विभेद तथा छुवाछुत का घटनाहरु घटनुको साटो अझ बढ्दै जानुको मुल कारण दुसाद जाति संगठित न हुनु नै हो। सबै जातको संठन भइसक्यो तर दुसाद जातिको संगठ पहिला देखि न रहेकोले आफुहरु यस्ता दुख पिडाहरु भोगिरहेको र हिंसाको शिकार भएको भन्दै उनले घोर निन्दा गरे । यसरी आफनो समुदायका माथि तराईमा रहेको कु संस्कार कु प्रथाले सबै दुसाद जाति नै हिसांको सिकार हुदै आएको पासवान ले बताए । एक जना अर्को दुसाद जातिका अगुवा रामपुकार पासवानले अब दुसाद जातिले अन्य कुनै लोभमा न परी आफ्नै संगठनमा लागेर दुसाद जातिलाई अगाडि बढाउन तन मनले साथ दिन आग्रह गर्दै आफुहरु समाजको ठुलाबडा को कुरामा परेर युज मात्रै हुँदै आएको आएको बताए । त्यसैगरी संचारकर्मी समेत रहेका राजेश पासवानले आफुहरु संगठित न भएर नै समाजका कथित ठुला बडाले आफुहरुलाई युज गर्दै आएको र रौतहट मा दुसाद जातिको बाहुल्यता हुदाहुँदै पनि आफुहरुको ठोस् संगठन न भएको कारण,आफुहरुको नाममा आएको सरकारी बजेट तथा गैर सरकारीहरुको बजेट समेत वडाका वडा अध्यक्ष,वडा सचिव देखि लिएर स्थानिय निकायका राजनैतिक दल तथा पदाधिकारीहरुले नै खाने गरेको बताउदै आरोप समेत लगाए। पासवानले समाजमा भईरहेको जातिय विभेद अन्त्य गरि पासवान तथा अन्य जातिलाइ पनि मानव सरहको बाच्न पाउने अधिकार का लागि अब सबै जना एकजुट भई संगठनमा लागेर र दुसाद जातिलाई अगाडि बढाउन दुसाद समुदायका नागरिकहरु संग आग्रह समेत गरे। कार्यक्रमको अध्यक्षता संचारकर्मी राजेश पासवानले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अथितीमा दुसाद जातिको