राजेश पासवान।भदौ ७ गते। रौतहट।
रौतहट जिल्लाको मध्यभाग गरुडामा स्थित रहेको श्री माध्यमिक विद्यालय गरुडा का कक्षा ८ मा अध्ययनरत ९० जना छात्राहरूलाई सोमबार साईकल वितरण गरिएकोछ ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का विकास समिति सभापति एवम् रौतहट क्षेत्र नम्बर ४ (ख) का प्रदेश सांसद शेख अब्दुल कलाम अजाद उर्फ “ मो. फुलबाबु “ को प्रमुख आतिथ्यमा सो साईकल वितरण गरिएको हो।
साइकल वितरण गर्दै प्रदेश सांसद फुलबाबुले यस कार्यक्रमले टाढा टाढा बाट अविद्यालयमा अध्यन गर्नका निम्ति आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । सांसद फुलबाबुले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई पनि अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो ।
त्यसैगरी महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको बताउनु भयो । साथै छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढ्दै सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनु भयो ।
त्यसैगरी सोही बिधालय का प्रधाध्यापक प्रभु पटेलले गत वर्ष सो बिधालयमा कक्षा ८ मा अध्यनरत छात्राको संख्या ५७ रहेको थियो जस मध्ये कक्षामा उपस्थित हुनेको संख्या न्यून थियो तर गत वर्षको साइकल वितरण को प्रभावले यस वर्ष वृद्धि भएर जम्मा छात्राको संख्या ९० पुगेको र सबै जना दैनिक रुपले कक्षामा उपस्थित हुदै शिक्षा आर्जन गरिरहेको बताउदै प्रदेश नम्बर २ सरकारको बेटी बचाउ,बेटी पढाउ कार्यक्रमले सो बिधालयमा प्रत्यक्ष प्रभाव पारेको उनले बताए ।
कार्यक्रमको सभा अध्यक्षता सोही बिधालयका बिधालय व्यवस्थापन समितिको अध्यक्ष एवम् गरुडा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चुनचुन साहले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा प्रदेश सांसद शेख अब्दुल कलाम अजाद उर्फ “ मो. फुलबाबु “,बिशिस्ट अथितिमा गरुडा नगरपालिकाका नगरप्रमुख ईनु राय यादव, श्री मा.वि.गरुडा का प्रधानाध्यापक प्रभु पटेल,सोही बिधालयका बिधालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष राम कृष्ण चौधरी,वडा सदस्य देवलाल चौधरी,रामएकवाल पंडित,उपेन्द्र चौधरी,सियाराम साह र मिश्रीलाल यादव लगायत विभिन्न व्यक्तित्व का साथै सो बिधालयमा कक्षा ८ मा अध्यनरत छात्र एवम् छात्राहरूको उपस्थिति रहेको थियो ।
बालिकाहरुको आर्थिक, सामाजिक एवं शिक्षाको स्तर अत्यन्तै कमजोर रहेको सन्दर्भमा प्रदेश सरकार गठन भए पश्चात प्रदेश सरकारले “मुख्यमन्त्री द्धारा बेटी पढाउ , बेटी बचाउ” अभियानको घोषणा भएको छ । छोरीलाई विद्यालय पठाई उनिहरुको बैयक्तिक बिकासका अतिरिक्त सशक्त्तिकरणको माध्यमबाट लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप विभेदमुक्त सामाजिक न्याय स्थापना गर्ने सन्देश प्रवाह गरि छोरा र छोरी बीचको सामाजिक विभेद अन्त्य गर्ने यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको छ।