राजेश पासवान।भदौ ७ गते । रौतहट ।
रौतहट जिल्लाको मध्यभाग गरुडामा स्थित रहेको श्री माध्यमिक विद्यालय गरुडा का कक्षा ८ मा अध्ययनरत ९० जना छात्राहरूलाई सोमबार साईकल वितरण गरिएकोछ । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का विकास समिति सभापति एवम् रौतहट क्षेत्र नम्बर ४ (ख) का प्रदेश सांसद शेख अब्दुल कलाम अजाद उर्फ “ मो. फुलबाबु “ को प्रमुख आतिथ्यमा सो साईकल वितरण गरिएको हो । साइकल वितरण गर्दै प्रदेश सांसद फुलबाबुले यस कार्यक्रमले टाढा टाढा बाट अविद्यालयमा अध्यन गर्नका निम्ति आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । सांसद फुलबाबुले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई पनि अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो ।