धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरीमा मोटरसाइक दूर्घटना हूदा एक जनाको मृत्यु दुई जना घाइते भएका छन। रक्षा बन्धनको विशेष चहलपहल भएको बेला सोनमा ५ खैरबनीबाट सम्सी तर्फ गइरहेको बेला अगाडि बाट ठक्कर दिदा मोटरसाइकल सवारको मृत्यु भएको छ। मृत्यु भएका खौरबनी बस्ने ३२ बर्षिय उदय कुमार यादव रहेको छ।
त्यस्तै गोनरपूरबाट सोनमातर्फ जादै गरेको ज.८ प.६४२९ नम्बरको मोटरसाईकल दूर्घटना हूदा मोटरसाईकल चालक जिल्ला महोत्तरी सोनमा गा.पा.वडा नम्बर १ बस्ने बर्ष ५५ को बिल्टु ठाकूरको अनूहारमा चोटपटक लागीएको छ ठाकूरलाई गौशला स्थित बि.के.हेल्थ केयरमा उपचार भईराखेको छ ।
मोटरसाईकलको पछाडी बस्ने सवार निजको श्रिमति बर्ष दूखनी देबीलाई हातमा सामान्य चोटपटक लागीएको हूदा स्थानिय क्लिनिकमा उपचार भईरहेको छ । स्वास्थ्य अबस्था भने दूबै जनाको सामान्य रहेको ईलाका प्रहरी कार्यलय गौशलाका प्रहरी निरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनू भयो ।
दूर्घटनामा परेको मोटरसाईकलाई ईलाका प्रहरी कार्यलय गौशलाको नियन्त्रणमा रहेको बस्यालले बताए ।