राजविराज : वर्षाको पानी जमेको खाल्डोमा डुबेर बुधबार सप्तरीमा एक बालिकाको मृत्यु भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वास्थित खाली खेतको जग्गामा बनेको खाल्डोमा जमेको पानीमा डुबेर रामलखन खंगकी २ वर्ष ७ महिनाकी छोरी अन्जलीकुमारी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
घरदेखि दुई सय मिटर उत्तरमा कमल मण्डलको खेतनजिकैको खालि जग्गामा जमेको वर्षाको पानीमा बालिकालाई उनकी आमाले मृत फेला पारेपछि प्रहरीलाई खबर गरिएको हो। शवलाई निकालेपछि पुगेको प्रहरी टोली घटनास्थल पुगेको छ।
शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।