देवताल गाउँपालिकाको राजनितिक समिक्षा कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १०, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
देवताल गाउँपालिकाको राजनितिक समिक्षा कार्यक्रम सम्पन्न

अमरेस कुमार पाण्डेय
कलैया , भदौ

देवताल गाउँपालिकाको राजनितिक समिक्षा कार्यक्रम बुधबार कलैयाको करन राज प्यालेसमा सम्पन्न भएको छ।

देवताल गाउँपालिकामा स्थानिय चुनाव भएको चार बर्षको कार्यकालमा भएको बिकास तथा जनताको गुनासो सहित समिक्षा कार्यक्रमको सम्पन्न भएको छ। देवताल गाउँपालिकामा भएको बिकास तथा गाँउपालिका अध्यक्ष सँग बिचार मिलेको हुनाले त्यस गाँउपालिकाको सयौको सँख्यामा जनताहरु लोकतान्त्रिक समाजवादी पार्टीमा पनि अन्य पार्टी त्याग गरी प्रवेश गरेका छन।

उक्त कार्यक्रम देवताल गाउँपालिकाको अध्यक्ष चन्द कुमार सिँहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बाराको सभापति नवल किशोर सिंह , विशिष्ट अतिथि नेपाल बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह , देवताल गाउँपालिकाको उपाध्यक्ष रामपति देबि , लोकतान्त्रिक समाजवादी पार्टी का नेता श्यामप्रसाद गुप्ता , बिजय सिंह , गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह लगायत अतिथिमा देवताल गाउँ पालिकाका सम्पुर्ण वडा अध्यक्षको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा नेता विजय सिँह , अरुण सिँह , रामचन्द्र साह , रामचन्द्र सिंह , श्याम गुप्ता , जिल्ला समन्वय समिति बाराको सभापति नवल किशोर सिंह लगायतका नेताहरुले मन्तब्य व्यक्त गरेका थिए। भने वडा नं ४ का वडा अध्यक्ष मिश्रीलाला सहनिले सहजिकरण गरेका थिए। साथै उपस्थिति जनताहरुले शुभकामना सहित सुझाव दिएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस