ओम प्रकाश यादव
गरुडा समाचारदाता
रौतहट ।
रौतहटको वृन्दावन नगरपालिका वडा नं. १ रमौली बैरीयाको माध्यमिक विद्यालयमा बुधवार छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम बेटी बचाउ, बेटी पढाउ अन्तर्गत मावि रमौली बैरीयाका कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल प्रदान गरिएको छ ।
विद्यालयको प्राङगनमा आयोजित एक कार्यक्रमका बीच पुर्व मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता गोविन्द चौधरी र प्रदेश २ का विकास समितिको सभापति शेख फुलबाबु दुवैजनाले संयुक्त रुपमा छात्राहरुलाई साइकल हस्तान्त्रण गरेका हुन ।
साइकल वितरण गर्दै पुर्व मन्त्री चौधरीले साइकल वितरणले छोरीहरुलाई घरदेखी स्कुलसम्म पुग्न सहज हुने र पढाईप्रति समेत उनिहरुको मनोवल बढ्ने विश्वास व्यक्त गरे ।
साइकल वितरण कार्यक्रममा जसपा नेता एवं प्रदेश २ का दलित विकास समितिका सदस्य राजकुमार दास तत्मा, समाजवादी युवा संघका जिल्ला अध्यक्ष कौशरखान मिथिला, समाजसेवी एमडी सनम, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक लगाएतको सहभागीता रहेको थियो ।
पछिलो समय रौतहटमा साइकल वितरण कार्यक्रमले निरन्तरता पाएको छ । जसपाका अधिकांश नेताहरुले जिल्लामा केही दिनदेखी लगातार साइकल वितरण कार्यलाइ निरन्तरता दिरहेका छन ।
नेताहरुले प्रत्येक सामुदायिक विद्यालयमा गएर कक्षा ८ मा अध्ययन गर्ने छात्राहरुलाई साइकल वितरण गर्ने कार्यलाई तिव्रता दिएका छन ।