रौशन चौधरी ।रौतहट १० भदौ ।
पत्रकार मोज्बुल्लह पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघको केन्द्रिय नेतृत्वले चासो देखाएको छ। राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका कार्यालय प्रमुख नेतृत्वको टोलि सदरमुकाम गौरमा घटना सम्बन्धमा स्थलगत जानकरी लिएको छ । प्रमुख वीर बहादुर मगर नेतृत्वको टोलिले नेपाल पत्रकार महासंघ लगायत सम्बन्धित पक्षहरु सङ्ग छलफल गरि जानकरी लिएको हो । घाटनामा प्रहरिको सन्लगनता देखिए पछि चासो देखाएका मानव अधिकार आयोगको टोलिले छानबिन गरि घटना सम्बन्धमा सरकारलाई प्रतिवेदन दिनेछ । यता पत्रकार महासंघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट नेतृत्वको मिसन टोलि आजै विभिन्न पक्ष सङ्ग छलफल गरेको हो ।नेपाल पत्रकार महासंघको सभाहलमा मिसन टोलिले पत्रकारहरु सङ्ग घटना सम्बन्धमा छलफल गरेको हो । साथै पीडित पत्रकार मोज्बुल्लह सङ्ग पनि छलफल गरेको हो । मिसन टोलि आजै प्रहरी सङ्ग पनि छलफल गर्ने छ । मिसन टोलिका संयोजक बिष्टले पत्रकार महासंघको नेतृत्व घटना प्रती अति सम्बेदनशिल रहेको बताउदै दोषी कुनै पनि हालतमा उम्किन नपाउने बताएका हुन । उनले जिल्ला नेतृत्वलाई आटिलो भइ अगाडि बढ्न आग्रह गरेका हुन । टोलिमा महासचिव रोशन पुरी, सचिव दिपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो ।