रमेश कुमार यादब
भदौ ११,रौतहट
रौतहट कटहरिया नगरपालिकामा शुक्रबार लैङिक हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा नं. १ भसेड्वा टोलमा “ सामुदाय–प्रहरी साझेदारी कार्यक्रम “अन्तर्गत सोही वडाका वडा अध्यक्ष राज कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समयमा रौतहटका विभिन्न स्थानमा महिला हिंसाका घटनाहरु बढ्न थालेपछि स्थानियलाई महिलाहरुमाथी हुने गरेका हिंसा न्युनिकरण गर्नकका लागी कार्यक्रम सञ्चालन गरेको प्रहरीले जनाएको छ । हाम्रो समाजमा बिभिन्न किसिमका घटनाहरु भईरहेको प्रस्ट देखिएको पाईएको छ । हाम्रो समाजमा महिलाहरुमाथि सोसन ,दमन ,गाली गलौज ,दाईजो प्रथा का घटनाहरुले समाजमा केहिलाई ज्यान देखि नै मारिएको भटिएको छ । यस्ता प्रथाहरुलाई हटाउन प्रहरीले समाजमा यसको उजागर गर्न कार्यक्रम ल्याएको छ । यस कार्यक्रमले महिलाहरु माथि हुने घटनाहरुलाई न्युनिकरण गर्न सन्चालन गरेका हुन ।कार्यक्रममा स्थानिय भद्र–भलादमी, समाजसेवी,महिला, बालबालिका लगायत १५÷२० जना मानिसहरुको सहभागीतामा “लैङिक हिंसा“ सम्वन्धी बिषयमा केन्द्रित रहि जनचेतना मुलक कार्यक्रम गरीएको जनाइएको छ ।