सांगर संगम ठाकुर धरहरी । रौतहट भदौ ११ गते
रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र प्रसाद पटेलले महिलाहरुलाई बृहत पोषण सामग्री वितरण गरेका छन् ।
देवाही गोनाही नगरपालिका वडा नं. १ करुनियामा वडा अध्यक्ष शेख नुरुल्लाहको अध्यक्षतामा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरेका हुन् ।
मेयर पटेलले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत प्रत्येक महिलालाई ३ किलो मसुरोको दाल, एक किलो भटमास, गेडागुडी, एक किलो मटर दाल, चना लगायतका खाद्यान्न सामग्री वितरण गरेका हुन ।
नगर प्रमुख पटेलले नगर भित्रका सबै गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गर्ने बताए ।
वडा नं. १ करुनियाका करिब २ सय ११ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको वडा अध्यक्ष नुरुल्लाहले जानकारी दिनु भयो ।
नगर भित्र जन्मेका हरेक बच्चा पोषिलो खाना खाएर असल नागरिक बनून् भन्ने उद्देश्यले पोषण आहार कार्यक्रम ल्याएको नगर प्रमुख पटेलले बताए ।
नगरपालिकाले पोषिलो आहारस्वरुप कार्बोहाइड्रेड, मिनरल, भिटामिन र प्रोटिन प्राप्त हुने खाद्य सामग्री वितरण गरेको उनले बताए ।
राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्छन् उनले अघि भने समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्ने सामथ्र्य हुन्छ,
त्यसैले बालबालिकाको शारिरिक एवं मानसिक विकासका लागि पोषण खाद्यान्न सामग्री वितरण गरिएको उनले प्रस्टयाए ।
गर्भमा र जन्मिएपछि बच्चा र आमाले पोषिलो खाना नपाउँदा मानसिक रुपमा कमजोर बच्चा जन्मिने गरेकोले यस्तो कार्यक्रम ल्याउनु परेको उनले बताए ।
बितरण कार्यक्रममा देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक मनोज यादव,चिकित्सकहरु मिथलेश चौवे,रामप्रसाद साह लगाएतका उपस्थिती रहेको स्थानिय संचारकर्मी रामानन्द साहले जानकारी दिनु भयो ।