पवन प्रसाद साह वीरगञ्ज १२ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत वीगरञ्जमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
शनिबार दिउँसो वीरगञ्जको नगर सभाहलमा सुरु भएको समारोहमा जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत र कृषी राज्य मन्त्री याेगेन्द्र यादव , सांसद प्रदिप यादव लगायतको सहभागिता रहेको छ ।
पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण (सुज) अभियान आज वीरगञ्जमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा प्रदेश नम्बर २ का अगुवा नेतृत्वको सहभागिता छ ।
आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त र बलियो बनाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।