राजेश पासवान ।भाद्र १२ गते।रौतहट ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रौतहटमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले चन्द्रपुरको पशुपति गेस्ट हाउसमा शाखा कार्यालय हरिवन उप शाखा कार्यालय चन्द्रपुर र गरुडा आयोजनामा भएको कार्यक्रममा जिल्ला भरीका १०० जना भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो। सो कम्पनी का प्रदेश नम्बर २ का प्रमुख रामरुप सहनी र कलस्टर प्रमुख पुरषोतम कुर्मीले यस कोभिड कालमा बिमाको महत्त्व र अभिकर्ताको जिम्मेवारी लगायत कम्पनीले संचालनमा ल्याएको बिमा सम्बन्धि पुरस्कार को बारेमा विशेष जानकारी गराउनु भएको थियो । गरुडा शाखाका प्रमुख राम सिंहासन साहले संचालन गरेको उक्त कार्यक्रममा हरिवन शाखाका सरोज के सी र चन्द्रपुर शाखाका संगिता राउत लगायत विभिन्न अभिकर्ताहरुले पनि मन्तव्य राखेका थिए।
कम्पनीकाप्रदेश नम्बर २ का प्रमुख रामरुप सहनी स्वागत मन्तव्य राख्दै,कम्पनीका तर्फबाट अभिकर्ताहरूले सहभागिता जनाउँदा राष्ट्रिय जगत्मा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए।
त्यस्तै, कलस्टर प्रमुख पुरषोतम कुर्मीले कार्यक्रममा सहभागिता जनाउने अभिकर्तालाई सम्मान का साथ बधाई दिदै।कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद दिए।
एशियन लाइफ इन्स्योरेन्सका चन्द्रपुर शाखाका संगिता राउत ले अभिकर्ताहरूको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउने विश्वास व्यक्त गरे। त्यस्तै, हरिवन शाखाका सरोज के सी ले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो त्यसैले जीवन बिमा गरि जिवनमा आएका आपत बिपतहरु संग सामना गर्न र जीवन जित्नका जीवन बिमा गर्नु नभइ न हुने कुरा हो भनी अभिकर्ताहरूको उत्साह थप्दै आफ्ना बिचार राखेका थिए।