राजिव शाह-
सर्लाही ,भदौ१२
सहारा विकास बैंक लिमिटेडले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
बैंकले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभा एकैसाथ सम्पन्न गरेका छन् । १० औं सभाले प्राप्ति प्रयोजनाका लागि तोकिएको १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गरेको छ।
यसैसभाको बन्दसत्रबाट संस्थापक अध्यक्ष संजय कुमार गुप्तानै रहने गरी संचालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ । सनिवार सर्लाहीको सदरमुकाम मलंगवा स्थित कुसुम पार्टी पैलेसको सभाहलमा सहारा विकासका अध्यक्ष संजय कुमार गुप्ता `सुगन्ध´को सभापतित्व तथा संस्थाका संस्थापक शेयरधनी नागेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सभामा सहारा विकास बैंक गरिमा विकास बैंकमा प्राप्ति हुने विशेष प्रस्ताव अनुमोदन गरेको छ। सोही सभाले प्राप्ति प्रयोजनाका लागि तोकिएको १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गरेको छ।
साधारण सभाबाट सर्वसम्मतिले संस्थापक अध्यक्ष संजय कुमार गुप्तालाई संचालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष गुप्ताले बैंक मर्जले सहारा विकास बैंक लिमिटेड रहने विशेष प्रस्ताव पारित गरेको जानकारी गराउनुभयो । उहाँले कुनै बेला सर्लाही जिल्लाको राजमार्गमाक्षेत्रमा मात्र बैंकको विकास हुन्छ भन्ने लाग्नेलाइ सहारा बिकास बैंकको विकासले ग्रामिण भेग सम्म बैंकले गरीब किसानको सहारा बन्न सफल भएको अध्यक्ष गुप्ताले बताउनुभयो । उहाँले संस्थालाई सफल बनाउन सहयोग तथा योगदान पुर्याउने संचालक समिति ,संस्थापक सदस्य ,शेयरधनी, संस्थासँग आर्थिक लगायत अन्य कारोबारमा संलग्न लगायतका सुवेच्छुकहरुलाई धन्यवाद दिनुभएको छ ।
सहर देखि गाउँ केन्द्रित बैंकको विकासले बैंक मर्जहुन्न थालेपछि थप हौसला र बिश्वास बढेको अध्यक्ष गुप्ताले कार्यक्रममार्फत जानकारी गराउनुभय । कार्यक्रमका प्रमुख अतिथि नागेन्द्र प्रसाद चौधरी बैंकको काम शेयरधनी ग्राहक सेवाग्राहीलाई धन्यवाद दिदै बैंकको सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा समाजसेवी रजनी कान्त झा , नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवचन्द्र चौधरी, उद्योग बाणिज्य संघ मलंगवाका अध्यक्ष बिरेन्द्र प्रसाद साह, नागरिक समाज सर्लाही उग्रकान्त झा,नेपाल पत्रकार संघका प्रदेश कोषाअध्यक्ष बिश्वनाथ ठाकुर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संचालक समिति सदस्य बाल कृष्ण साह,असमिता देवी अग्रवाल ,राम नरेश साह,गरिमा विकास बैंक लिमिटेडका संचालक सदस्य बिमल पाण्डे ,नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय,हिमालय पंथी,चमेली बचतका अध्यक्ष भरत साह,सहारा विकासका संस्थापक सदस्य संजु प्रसाद जयसवाल,सल्लाहकार राजेन्द्र कुमार अग्रवाल, समाजसेवी रजनी कांत झा, नागरिक समाजका उग्र कांत झा, शिवचन्द्र चौधरी ,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह, चेम्बर अफ कमर्श मलंगवाका अध्यक्ष अमीत कुमार अग्रवाल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।