उपेन्द्र गोले रौतहट १६ भदौ ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रदेश २ स्तरीय बैठक बुधबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित गौतम होटलको सभाहलका सम्पन्न सो विस्तारित बैठक प्रदेश २ का राज्यमन्त्रि रुकि कर्णको प्रमुख आतिथ्यता तथा शिला खनालको सभापतित्वमा सम्पन्न भएको महिला नेतृ देवकी नेपालले जानकारी दिनु भयो । प्रदेश २ का ८ ओटै जिल्लाका अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्षहरुको उपस्थितीमा भएको बैठकले प्रदेश २ का ८ ओटै जिल्लाहरुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अगामी दिनहरुमा जिल्ला , नगर , वडा स्तरिय संगठन निर्माण गरि पार्टीलाई थप बलियो बनाउने निष्कर्ष निकालेको रौतहट सचिव देवेन्द्र पटेलले जानकारी दिनु भयो ।