उपेन्द्र गोले रौतहट १६ भदौ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ रैयाटोलमा रहेको महेन्द्र माबिमा सुबिधा सम्पन्न ४ कोठे भवनको बुधबार शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले सो भवनको शिलान्यास गर्नु भएको हो । भवनको शिलान्यास गर्नु हुदै नगर प्रमुख चौधरीले भवन निमार्णको गुणस्तरमा कुनै पनि किसिको कन्जुस्याइ नगर्न आग्रह गर्नु भएको छ । शिक्षा क्षेत्रको बिकाशकोे लागी नगरपालिका उच्च प्राथामिकताका साथ काम गरिरहेको बताउदै नगर प्रमुख चौधरीले हरेक सामुदायिक बिद्यालयको भौतिक पुर्वाधारको बिकाश र शैक्षिक गुणस्तरमा उतिकै ध्यान दिएको बताउनु भएको छ । बिद्यालयको भवन शिलान्यास कार्यक्रममा नगर उप प्रमुख रामरती चौधरी,प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,चन्द्रपुर शिक्षा शाखा प्रमुख उपसचिब कृष्ण सिग्देल लगायतको सहभागिता रहेको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुश्वारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा ४ कोठे भवन निमार्ण गर्न थालिएको सो बिद्यालयका प्रधानाध्यापक कमला थापाले जानकारी दिनुभएको छ । करिब ३६ लाखको लागतमा सुबिधा सम्पन्न भवन निमार्ण गर्ने लक्ष्य रहेको थापाले बताउनु भयो । कक्षा कोठाको अभाबमा बिद्यार्थीहरुलाइ पठनपाठनमा समस्या रहदै आएको समेत थापाले बताउनु भएको छ ।