राजकुमार यादव, भादौ १६ गते ।
पश्चिम नवलपरासी जिल्लाको सिमावर्ती नाका बाट भईरहेको मानवबेचिखन लाई पुर्ण रुपमा रोकथाम गर्ने माईती नेपालको मुख्य लक्ष्य रहेको महेशपुर स्थित माईती नेपाल कि प्रमुख एलिसा श्रेष्ठ ले बताउनु भयो ।बिगत लामो समय देखि सिमा नाकाबाट हुने मानवबेचबिखन क्रियाकलाप लाई रोकथाम तथा न्युनिकरण गर्नमा माईति नेपालको निकै महत्त्वपूर्ण भुमिका रहेको बताईएको छ । केही समय अगाडि सरुवा भएर आउनु भएकि कार्यालय प्रमुख श्रेष्ठले ८जनालाई भारतको विभिन्न ठाउबाट उध्दार गरेको वहाले बताउनु भयो ।यसै गरि १७वटा हराएको निबेदन कार्यालय मा परेको मा ६जनालाई फेला पारि परिवारजनलाई बुझाएको बताईएको छ । ६१जनालाई पुनर्मिलन गराईएको छ भने ४ वटा मानबेचबिखन सम्बन्धि मुद्दा चलाई कार्वाहि अगाडि बढाईएको श्रेष्ठले बताउनु भयो।खास गरि नेपालको नवलपरासी ,बुटवल ,रसुवा लगायतको जिल्लाबाट विभिन्न बहानामा दलालहरु सिमानाकाको बाटो भएर भारतको दिल्लि ,बम्बई ,महाराष्ट्र लगायतका ठाउमा बेचबिखन गरिएको वहाले बताउनु भयो ।ललाई फकाई जागिर दिलाउने , आर्थिकको लोभ लालचमा पारि बेचबिखन कार्यहरु दलालले गरिरहेको वहाले बताउनु भयो । मानव बेचबिखन रोकथामका लागि हामी ब्यवसायिक बाल यौन शोषण सम्बन्धि यश क्षेत्रमा रहेका ५वटा बिद्यालय का बिद्यार्थी हरुलाई जनचेतनामुलक प्रशिक्षण समेत गरिएको बताईएको छ।विभिन्न समयमा स्थानीय सरकार सग पनि समन्वय गरि आमनागरिकहरु लाई पनि जनचेतना जगाईएको छ।आउने दिनमा नया योजनाका साथ आमनागरिक ,प्रहरी ,पत्रकार सबै सग सहकार्य गरि मानवबेचबिखन रोकथाम गर्न प्रतिबद्धता समेत श्रेष्ठले जनाउनु भयो ।महेशपुर नाकामा घुम्ती शिबिर राखि विभिन्न कार्यक्रम मार्फत काम गर्दै आमनागरिक लाई मानवबेचबिखन सम्बन्धि जनचेतना जगाउदै रोकथाम तर्फ माईती नेपाल निकै सक्रिय रहेको स्थानियहरुले बताएका छन ।