दिपेन्द्र जयसवाल,बारा भदौ १६ गते ।
बाराको सिमराबाट देखि पोखरा सम्म र पोखरा देखि सिमरा उडान शुरु भएको छ । दिगो पर्यटनका लागि हवाई ’कनेक्टीभिटी’ भन्ने मूल नाराका साथ सिमराबाट पोखरा सिधा पहिलो उडानको उद्धघाटन गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्माले गरेका हुन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बुद्ध एयरको जहाज लिएर सिमरा आएका पर्यटन मन्त्री शर्माले उद्धघाटन गर्दै औधोगिक क्षेत्र र भारतीय पर्यटकहरुका लागि सिमराबाट पोखरा सिधा उडानले पूर्व क्षेत्रबाट पर्यटकिय नगरी पोखरा जाने आउँनेहरुका लागि सहज भएको बताउनु भयो । बुद्ध एयरको जहाजबाट पहिलो पटक १८ सिटे क्षमता भएको जहाज पोखराबाट सिमरा आएको थियो । सिमरा विमानस्थलमा प्रदेश नं.२ का पर्यटन मन्त्री रामनरेश राय यादव सहित यस क्षेत्रका उद्योग पर्यटनर सामाजिक क्षेत्रका स्थानीयको उपस्थिति रहेको थियो । शुरुमा हप्तामा दुई पटक आईतवार र बुधवार दिउँसो १ः१५ बजे उडान भर्ने तालिका बुद्ध एयरले जनाएको छ । मागको आधार बढे उडान बढाउँन सकिने बुद्ध एयरले जनाएको छ । सिमरा पोखराको टिकट दर ४ हजार सात सय ७० पाँच हजार दुई सय सत्तरी र सात हजार १७० गरी तीन प्रकारका टिकट दर कायम गरिएको बुद्ध एयरले जनाएको छ । यता प्रदेश नं. २ का पर्यटन मन्त्री रायले पर्यटकिय स्थल पोखरासँगै अन्य प्रदेशमा पनि हवाई उडान जोड्ने पहल भईरहेको बताएका छन् ।