राजेश पासवान।भदौ १८ गते रौतहट ।
शुक्रबार जिल्लाको सदरमुकाम गौर स्थित रामजानकी धर्मशाला को प्राङ्गणमा भएको क्रियाशिल जिल्ला कमिटी गठन कार्यक्रममा पुर्व नेकपा एमाले जिल्ला कमिटीलाई नेकपा एकीकृत समाजवादीमा रुपान्तरित गरि सम्पुर्णलाई संगठनमा समाहित गर्ने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका प्रदेश संयोजक रामचन्द्र राय यादवको प्रमुख आतिथ्यतामा तथा कमल यादवको अध्यक्षतामा भएको रौतहट जिल्लाका कम्यूनिष्ट नेता, अगुवा कार्यकर्ता तथा शुभचिन्तकहरुको बैठकले नेकपा (एकीकृत समाजवादी) रौतहट जिल्ला कमिटीमा रुपान्तरण गरेको छ । कमिटीको अध्यक्ष मा कमल यादव रहेका छन भने उपाध्यक्षमा नितेश नन्दन मिश्र,सचिवमा लक्षमण रेग्मी,स–सचिवमा शेख करिमुल्लाह रहेका छन भने अन्य २१६ जना सदस्यहरु रहेका छन् । नवगठित नेकपा एकीकृत समाजवादीका प्रदेश २ का संयोजक रामचन्द्र राय यादवकोले सबै पालिकाहरुमा कमिटीको पार्टी संगठन पुनर्गठन, विस्तार तथा निर्माण गर्न आग्रह गर्दै समाजवादको यात्रामा सहभागी हुन सबैलाई आह्वान गरे । उनले लोकतान्त्रिक शक्ति र आन्दोलनलाई सुदृढ गर्दै सुखी नेपाली र समृद्ध नेपाल सपना साकार पार्ने अभियानमा जुट्न आह्वान पनि गरे । उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी का केन्द्रिय सदस्य माननीय कल्याणी खड्का, पुर्व सांसद रामकुमार भट्टराई,रौतहट क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित प्रेदेश सांसद समिना हुसेन,देशैको कान्छो नेता सलामोदिन दर्जी लगायत विभिन्न नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो।