रमेश कुमार यादब
भदौँ २१,रौतहट
रौतहटमा दलित परिवारको कान्तक बिजोग रहेको छ ।रौतहट जिल्लाको राजदेवी नगरपालिका–६ मठ टोलमा विगत ४० बर्ष देखि बसोवास गर्दै आएका दलित समुदायको अवस्था दयनिय रहेको छ ।बागमती नदि कटानले विस्थापित हुदै आएका दलित समुदायलाई बास बस्ने आफ्नो जग्गा पनि रहेको छैन । मुलुकमा शासन व्यवस्था परिवर्तन हुदै गाउँ गाउँमा सिंहदरबार आएपनि उनीहरुलाई स्थानीय सरकारको अनुभूति हुन् सकेको छैन् । अझै दमन सोशन र विभेदका शिकार भएका छन् । दुधास जातिका ६५ परिवार र चमार जातिका २० घरपरिवार अरुको जग्गामा घर बनाएर बसोवास गर्दै आएका छन् । स्थानीय निर्वाचनको बेला वाचा गरि निर्वाचित भएका नेपाली कांग्रेसका नगर प्रमुख धिरेन्द्र कुमार सिंहले निर्वाचन भएको चार बर्ष भन्दा बढी समय वितेपनि एक पटक पनि दुख बुझ्न नआएको गुनासो उनीहरुको छ । राजदेवी नगरपालिका–६ स्थित रहेका दुसाध जातिका ६५ परिवारका व्यक्तिहरु विगत ४० वर्ष देखि झुपडीमा गुजारा गरि रहेका छन् । प्रदेश सरकारको जनता आवासका योजना पनि उनीहरु समक्ष पुग्न सकेको छैन । बागमती नदिको कटानबाट विस्थापित भएका परिवारलाई बसोबासको लागि उपलव्ध गरिएको प्रति परिवार ५ धुर जग्गामा सवै परिवार गुजारा गर्न बाध्य भएको स्थानीय बहुजन पासवानले बताए । पासवान टोलमा नगरपालिकाबाट विकास समेत नगरिएको उनको भनाइ रहेको छ । विकासमा विभेद गरिएको उनले बताए । शौचालय , शुद्ध खानेपानी , बाटो , नाला समेतको अभावमा दैनिक जीवन विताइरहेका परिवारले सरकारसंग जग्गा व्यवस्थापन , सुरक्षित आवासको व्यवस्थापन गरि दिन माग गरेका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र जिल्ला दैविक प्रकोप उद्दार समितिले खरिद गरेको जग्गामा ६५ परिवारले बास बसिरहेका छन् भने १० कट्ठा जग्गा एक जनाले नीजि कव्जा गरेर भोग चलन गर्दै आएपनि स्थानीय प्रसाशनले सो प्रति कुनै चासो देखेका छैन । १० कट्ठा जग्गा भूमिहीन व्यक्तिलाई बसोवास गर्नको लागि दिने उदेश्यले खरिद गरिएको थियो तर सो जग्गा बर्षौ देखि राजदेवी नगरपालिका वडा नम्बर ७ का धनपत यादवले एकलौटी रुपमा भोग गरिरहेको स्थानीयले बताए । खलिल चौधरी , सत्यनारायण साह , बचन सिंहको जग्गा भाडामा लिएर विगत २५ बर्ष देखि बसोवास गर्दै आएको पिडा सरोज रामले सुनाए । बर्षको कट्ठाको २५ सय रुपैयाँ हुन्डा वापत दिनु परेको बाध्यता दलित परिवारको छ । हुन्डामा स्थानीय रामदेव राम , मनोज राम , इनरजित राम , उपेन्द्र राम , राम आश्रे राम , शम्भु राम , कपिन्द्र राम , प्रमोद राम , खुवलाल राम , कृष्नान्दन राम , मुश्हर राम , कुश्हर राम , फेकु राम पपु बैठा घर बनाएर बसोवास गर्दै आएका हुन् ।फुसको घर बनाएर जीवन यापन गर्दै आएका परिवारले संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारलाइ जग्गा व्यवस्थापन गर्न आग्रह समेत गरेका छन् ।