सडक नबनाउनेलाई चुनावबाट धुलो चटाउने रविको चेतावनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष १२, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
सडक नबनाउनेलाई चुनावबाट धुलो चटाउने रविको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नारायणगढ–बुटवल दबाब यात्रा सकिएको छ। यही सोमवार नारायणगढबाट शुरु भएको पदयात्रा (बुधवार) बुटवलमा पुगेर समापन भएको हो। बुधबार साँझ बुटवल पुगेर आयोजना गरिएको सभामा रास्वपा सभापति रवि लामिछानेले सो सडकखण्ड समयमै नसकेर अहिलेसम्मका सरकार र सरोकारवालाहरुले वर्षौंदेखि जनतलाई धुलो खान बाध्य पारेको भन्दै अब जनताले चुनावबाट त्यस्तालाई ‘धुलो चटाउने’ चेतावनी पनि दिएका छन्। आफूहरुले मिसन ८४ मात्र होइन ८० मै पनि संसद र सडकमा काम गरिरहेको भन्दै उनले ठूला भनिएका दलहरुलाई जवाफ दिएका छन्।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले बनाइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस