रमेश कुमार यादव
रौतहट,१२ पुस। रौतहटमा अहिले नेतादेखि लिएर ठुला–ठुला मन्त्रीहरुको मिलोमतोमा दर्जनौं अबैध क्रसर उधोगहरु संन्चालनमा रहेका छन । जिल्लामा करिब दर्जनौं भन्दा बढि क्रसर उधोग तथा बालुवा प्रशोधन उधोगहरु रहेका छन । नेता देखि मन्त्रीहरुको अबैध साटघाटको कारण त्यस्ता अबैध क्रसर उधोगहरु मापदण्ड विपरित संन्चालनमा रहेको पाईएको छ ।
जिल्लाको बृन्दावन नगरपालिका–१ बिश्रामपुर स्थित रमौलीघाटमा अबैध क्रसर उधोगहरु संन्चालनमा रहेका छन । जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी(निकासी भईरहेको छ । जिल्ला समन्वय समिति रौतहटको सभापति रामअयोध्या यादबसंग सोध्दा नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत क्रसर उधोगका संन्चालकहरु उपकरणको प्रयोग गरेर रौतहट स्थित रहेको बागमति नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी(निकासी
गरिरहेको बताएका छन् ।
यता बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मि र निमित प्रमुख प्रशासकिय अधिकृत रासनराण पटेलसंग बुझदा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति नलिएको र आफु मनोपली विपरीत डोजर,स्काभेटर लगाएर उत्खनन गर्नु अवैध काम भएको बताएका थिए । असोज अन्तिम र पुस ५ गते प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा प्रयोग भएका उपकरण जफत गरेका थिए तर नीतिगत अस्पष्टताको कारण देखाउँदै राजनीतिक दबाबमा पुनः उत्खनन नगर्ने सहमति गराएर छोडिएको थियो ।
क्रसर उधोगका संन्चालकहरु नदीजन्य पदार्थको उत्खनन गरेकामा गल्ती स्वीकार गर्दै अब उत्खनन नगर्ने लिखित प्रतिबद्धता विपरीत केही दिनयता पुनः चोरी–निकासी गरिरहेका स्थानीयवासीले बताईरहेका छन् । नदीको धार स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको छ ।असोज १ गते समयमा नै टेन्डर प्रकृया अगाडी बढाएका थिए । तर त्यहि पुराना ठेकेदारहरु टेन्डर भरेर पनि उनीहरुले उक्त ठेकापाटा सकार नगरी पछि पर्दा फेरी समस्या आईरहेको बताए ।
तैपनि फेरी नगरपालिकाबाट तेस्रो टेन्डरको अहवान गरेका बताए । टेन्डर ठिक्कापाटा नहुँदै बागमति नदिको किनारमा रहेका अबैध क्रसर उधोगहरु निर्वाध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर पहाड जस्तो ठुला ठुला गिट्टी जम्मा गरेर राखेको प्रति आपति जनाएका थिए । दिउँसो नदीजन्य बस्तु उत्खनन र राति चोरी(निकासी गर्ने गरेको नगर प्रमुख कुर्मिले आरोप समेत लगाएका थिए ।
यता जिल्ला समन्यवन समितीका सभापति रामअयोध्या यादबले अनुगमन गर्न नगएको प्रति अबैध क्रसर उधोगहरुको मनोवल समेत बढदै गएको छ । यता प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनले अवैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारीसाधन र उपकरण नियन्त्रणमा नलिएको त्यसकारण यस्तो गतिविधि मौलाएको स्थानिय महानन्द यादबले दुखेसो पोखेका छन ।