भारतीय अभिनेता तथा डीएमडीके पार्टीका प्रमुख क्याप्टेन विजयकान्तको निधन भएको छ । पार्टीका अनुसार कोभिडको
परीक्षणको नतिजा सकारात्मक आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सास फेर्न समस्या हुन थालेपछि उनलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । मंगलबार डीएमडीकेले बताएअनुसार नियमित स्वास्थ्य जाँचका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनी स्वस्थ भएको अनि परीक्षणपछि घर फर्किएको पनि पार्टीले नै बताएको थियो ।
तर आज पार्टीले उनको कोभिडको परीक्षण सकारात्मक आएको अनि सास फेर्न समस्या भएपछि भेन्टिलेटर सर्पोटमा राखिएको बतायो । मेडिकल स्टाफहरुले सर्वोत्तम प्रयास गर्दागर्दै पनि डिसेम्बर २५ को बिहान उनको निधन भएको विजयकान्त भर्ना भएर उपचार गराइरहेका एमआईओटी अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै भनेको छ । विजयकान्त नोभेम्बर २० मा अस्पतालमा भर्ना भएका थिए । उनी यही महिना अस्पतालबाट डिस्चार्ज भएका थिए ।
विजयकान्तले आफ्नो फिल्मी करियरमा १५४ ओटा फिल्ममा काम गरेका थिए । उनले कयौँ हिट फिल्म दिएका थिए । फिल्म पछि उनी राजनीतिमा आए अनि डीएमडीके पार्टी खोले । विरुधाचलम र ऋतिवंडियम निर्वाचन क्षेत्रबाट उनी दुई पटक विधान सभाको सांसद पनि भए ।