धनुषामा महिलाको हत्या आरोपमा श्रीमान् पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
  • २७ पटक पढिएको
धनुषामा महिलाको हत्या आरोपमा श्रीमान् पक्राउ

धनुषा, ३० भदौ। धनुषाको ढल्केवरमा सोमबार राति एक महिलाको हत्या भएको छ । मिथिला नगरपालिका–७ की २७ वर्षीया पुनितदेवी महतोको हत्या भएको हो ।

सोमबार राति करिब ११ बजेतिर उनको शव घरमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । त्यहाँ उनको घाँटीमा डाम देखिएको छ ।

घटनालगत्तै प्रहरीले श्रीमान् ३४ वर्षीय श्रीमान श्रवणकुमार महतोलाई पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछका क्रममा श्रवणले विवाद हुँदा आफूले श्रीमतीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस